बिजनेस

निगम भन्छः पेट्रोलियम पदार्थको गुणस्तरलाई लिएर दोष लगाउन मिल्दैन्, कसरी हुँदैछ गुणस्तरको जाँच ? (भिडियोसहित)


काठमाडौँ – पटक—पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर विवादीत बनेको नेपाल आयल निगमले आफ्नो बचाउ गरेको छ । निगमले पेट्रोलियम पदार्थको गुणस्तरलाई लिएर आफूहरुलाई दोष लगाउन नमिल्ने दाबी गरेको छ ।

पटक—पटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेर विवादीत बनेको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको गुणस्तरलाई लिए्र आफूहरुलाई दोष लगाउन नमिल्ने भन्दै बचाउ गरेको छ । आईतबार आयोजित एक कार्यक्रममा कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरको विषयमा निगमलाई दोष लगाउन नमिल्ने बताएका हुन् ।

यस्तै पेट्रोलियम पदार्थको गुणस्तरमा निगमले सुक्ष्म अध्ययन र गुणस्तरको जाँच गरिरहेको निगमले जिकिर गरेको छ । निगमले आफ्नो बारेमा कुनै पनि नराम्रा समाचार नआओस् भन्ने चाहेकाले पेट्रोलियम पदार्थको गुणस्तरमा सचेत र शर्तक रहेको दाबी गरेको छ । त्यस्तै भारतबाट ल्याइने र बिसाउने बाटा धेरै रहेकोले नेपालमा पाइपलाइनबाट पेट्रोल आइसकेपछि गुणस्तरको सम्पूर्ण समस्या समाधान हुने निगमको दाबी छ ।

निगमका अनुसार नेपालमा भारतबाट पाइपलाइनबाट तेल ल्याउने विषय बोर्डबाट मन्त्रालय स्तरमा पुगिसकेको छ । त्यस्तै झापाबाट पाइपमा तेल ल्याउने कुराको मोडालिटीको बारेमा छलफल भइरहेको र अमलेखगञ्जबाट पाइपमा तेल ल्याउने विषयमा भने धेरै अघि बढीसकेको छ । कार्यक्रममा निगमका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले आयल निगम नाफा कमाउन स्थापित संस्था नभएको बताए ।

उनले आम नागरिकहरुको सहजकर्ताको रुपमा रहेको निगमले २०७० सालपछि स्वचालित मूल्यदरको नियम बनाए पनि पूर्णरुपमा कार्यान्वयन हुन नसकेको बचाए । अध्यक्ष भट्टराईले पेट्रोलियम पदार्थको मूल्य घट्दा वा बढ्दा अर्थतन्त्रका अन्य आयामहरुमा पनि ठूलो असर पर्ने बताए । मूल्यको विषयमा छलफल गरेर आयल निगममा भएका कमजोरीलाई अब दोहोरिन नदिने निगमले दाबी समेत गरेको छ ।