राजनीति

प्रचण्डले भने – पुनः एकपटक राष्ट्र र जनताको सेवा गर्ने अवसर पाएँ

वर्षमान पुन चीनबाट आएपछि मात्रै महासचिवसहित पदाधिकारी छान्ने


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित हुनुभएको छ ।

केन्द्रीय कमिटीको पहिलो बैठकमा नवनिर्वाचित केन्द्रीय सदस्यहरुले सपथग्रहण गरेसँगै अध्यक्षमा दाहाललाई चयन गरिएको हो । पार्टी अध्यक्षको जिम्मेवारी पाएसँगै बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफ्नो काँधमा ठुलो जिम्मेवारी थपिएको बताउनुभयो ।

उहाँले अध्यक्षको सपथ लिदाँ राष्ट्र र जनताप्रति आभारी भएको महशुस गरेको भन्दै पुनः एकपटक राष्ट्र र जनताको सेवा गर्ने अवसर पाएको बताउनुभयो ।

अध्यक्ष दाहालले आफुबिनाको माओवादी पार्टीको भविष्यबारे अनेक टिकाटिप्पणी हुने गरेको भन्दै आफु नहुँदैमा माओवादी आन्दोलन नसिद्धिने पनि बताउनुभयो ।

पार्टीले नेता वर्षमान पुन फर्किएपछि मात्र पदाधिकारी टुंगो लगाउने भएको छ ।