काठमाडौँ – मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ७ नयाँ अनुहारलाई समेट्दै सोमबार ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । काठमाडौँमा जारी कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका १४ क्लबबाट टिकेन्द्र थापा, शत्रुधन चौधरी, नविन गुरुङ, आकाश बुढा मगर, कृतिश रत्न छुन्जु, सुदीप गुरुङ र सुशील राईले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।
नेपालले पछिल्लो खेल साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग खेलेको थियो । बन्द प्रशिक्षण पुस अन्तिम साताबाट सुरु हुनेछ। नेपालले आगामी जनवरी २९ र फेब्रुवरी १ मा मौरिसससँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेल्दै छ ।
प्रतिक्रिया