काठमाडौँ – रुसले आफ्ना समर्थकमाथि आक्रमण गरे त्यसको जवाफ दिने अमेरिकाले चेतावनी दिएको छ ।
युक्रेनसँग रुसको सीमामा तनाव बढ्दै गएपछि अमेरिकाले यस्तो चेतावनी दिएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग भएको टेलिफोन वार्तामा यस्तो चेतावनी दिएको ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रुसले युक्रेनमा थप आक्रमण गरेमा अमेरिका र साझेदारहरूले निर्णायक प्रतिक्रिया दिने अमेरिकाले स्पष्ट पारेको छ ।


प्रतिक्रिया