राजनीति

माओवादीमा निर्विरोध अध्यक्ष निर्वाचित भए पश्चात् : पुष्पकमल दाहाल ‘प्रचण्ड’ (फोटोफिचर)


काठमाडौँ – नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ । सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन प्रचण्डकै नेतृत्व अपरिहार्य रहेको भन्दै नेता नारायणकाजी श्रेष्ठले उहाँको नाम प्रस्ताव गर्नुभएको थियो । श्रेष्ठले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।