राजनीति

एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रियसभा सदस्यको उम्मेदवार, कुन प्रदेशबाट को ?


काठमाडौँ – नेकपा एकीकृत समाजवादी (एस)ले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।

प्रदेश–१ बाट जयन्ती राई (महिला) बागमतीबाट गोमा तिमल्सिना (महिला), लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे (महिला), कर्णालीबाट उदय बोहोरा (खुला) र सुदूरपश्चिमबाट मदनकुमारी (गरिमा) शाह (महिला) उम्मेद्वार बन्ने भएका छन् ।

पाँच दलीय सत्तारुढ गठबन्धनमा रहेको एकीकृत समाजवादीले १९ मध्ये पाँच सिट पाएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि भोलि मनोनयन दर्ता हुँदैछ ।