राजनीति

काँग्रेसमा रामचन्द्र पौडेलले पाए दोस्रो वरीयता


काठमाडौँ – नेपाली कांग्रेसमा रामचन्द्र पौडेलले दोस्रो वरीयता पाउनुभएको छ ।

सभापति शेरबहादुर देउवाको मनोनयनमा परेका पौडेललाई दोस्रो वरियता दिइएको हो । यसअघि १४ औँ महाधिवेशन प्रक्रियामा सहभागी नभएका पौडेललाई देउवाले मनोनयन गर्नुभएको थियो । सोमबारको केन्द्रीय समिति बैठकमा पौडेललाई दोस्रो वरियतामा देउवाले राख्नुभएको हो ।

पौडेलले महाधिवेशनका बेला राजनीतिबाट सन्यास नै लिनेसम्मको धारणा सार्वजनिक गर्नुभएको थियो । पौडेलपछि पदाधिकारीहरुको वरियता रहेको छ भने त्यसपछि पूर्वपदाधिकारी, शेखर कोइरालाको रहेको छ ।