राजनीति

कांग्रेसले टुंगो लगायो राष्ट्रियसभाका उम्मेदवार, को को छन् ?


काठमाडौँ – नेपाली कांग्रेसले माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ । कांग्रेसले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा पुन र नारायणदत्त मिश्रलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेस पदाधिकारी बैठकले टुंगो लगाएका उम्मेदवारहरुको नाम अनुमोदन गर्न सानेपामा केन्द्रीय समिति बैठक जारी छ ।

काँग्रेसले राष्ट्रिय सभाका १९ मध्ये ६ सिटका लागि उम्मेदवारी दिदै छ । जसमा प्रदेश २ बाहेक सबै प्रदेशमा एक एक सिटमा उम्मेदवारी दिदै छ ।