काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
९ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र २ हजार ७९८ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जना गरी ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, थप २५५ जना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको कुल संख्या ११ हजार ५९८ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ जना रहेका छन् ।
प्रतिक्रिया