बिजनेस

दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ५३ करोडमाथिको कारोबार


काठमाडौँ – साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

सोमबार नेप्से ३२ दशमलव ०३ अंकले बढेर २ हजार ६१६ दशमलव ९४ विन्दुमा पुगेर बन्द भएको छ । यसअघि आइतबार ६० अंकले बढेको थियो । यस दिन क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.८६ अंकले बढ्दै ४८७.८७ विन्दुमा पुगेको छ । सोमबार २ सय ३० कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता शेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँ बराबरमा किनबेच भएको छ ।

आज १४९ कम्पनीको शेयर मूल्य बढ्दा ४१ कम्पनीको घटेको छ । सोमवारको कारोबारमा मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिस्टिलरी लिमिटेडको शेयर सर्वाधिक २८ करोड ४४ लाख ७० हजार ५७० रुपैयाँमा कारोबार भएको छ ।