राजनीति

रेशम चौधरीले गठन गरे ‘नागरिक उन्मुक्ति पार्टी’, अध्यक्षमा श्रीमती श्रेष्ठ रञ्जिता


काठमाडौँ – निलम्बित सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गरेका छन् ।

चौधरीले सोमबार श्रीमती श्रेष्ठ रञ्जिताको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका हुन् । डिल्लिबजार कारागारमा रहेका चौधरीले आफ्नै अध्यक्षतामा पार्टी गठन गर्न लागे पनि कानुनी प्रक्रियाअनुसार अड्चन भएपछि श्रीमतीको नाममा पार्टी गठन गरेका हुन् । नयाँ पार्टी दर्ता गर्न श्रेष्ठसहितको टोली सोमबार मध्याह्न निर्वाचन आयोगमा पुगेको थियो ।

चौधरीले पार्टी दर्ताका लागि आफैं आयोग जान खोजे पनि उनी जान पाएनन् । चौधरी टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितको हत्या आरोपमा जेलमा छन् ।

फरार रहेका चौधरीले २०७४ को चुनावमा प्रतिनिधि सभा सदस्य जितेका थिए ।