राजनीति

विद्युत् प्राधिकरण र वायु सेवा निगमबीच सामान ढुवानी सम्बन्धी सम्झौता


काठमाडौँ – नेपाल विद्युत प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायु सेवा निगमको जहाजमार्फत् ढुवानी गर्ने सम्झौंता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विदेश भ्रमण जाँदा र कार्गो (सामान ढुवानी) गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौंतामा हस्ताक्षर भएको हो ।

कार्यक्रममा मन्त्री आलेले निगम र प्राधिकरणको कुशल नेतृत्वले सो सम्झौंता गरेर प्रशंशनीय कार्य गरेको भन्दै खुशी व्यक्त गर्नु भयो । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमलाई उकास्न पनि प्राधिकरणसँग गरिएको सो सम्झौंताले सघाउ पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।