राजनीति

राष्ट्रियसभाका १९ सिटमा मिल्यो भागबण्डा,कसकाे भागमा कति सिट ?


काठमाडौँ – सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार विहान बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा भागबण्डाको टुंगो लगाएको हो ।

सोमबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हो । कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् ।

नेकपा एमालेको खाली ८ सिटमा भने कांग्रेसले ३, जसपाले २, माओवादी र एसले १–१ सिट लिने सहमति बनेको छ ।

आगामी फागुनदेखि ४ वर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् । २० मध्ये १९ जना निर्वाचनबाट चुनिएर आउने छन् भने एक जनालाई मनोनीत गरिनेछ ।