राजनीति

भौतिक पूर्वाधार मन्त्रीका फरार छोरा पक्राउ


काठमाडौँ – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका फरार छोरा बबी सोडारीलाई प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा फरार २३ वर्षीय सोडारीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

डीएसपी जोशीकाअनुसार गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् । न्यौपानेको उपचारका क्रममा नेपालगञ्जमा पुस ११ गते मृत्यु भएको थियो ।

घाइते न्यौपानेको उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहेका सोडारी मृत्युुपछि भने सम्पर्कविहीन भएका थिए ।