राजनीति

निर्मलाको हत्यमा संलग्न भएको आशंकामा भारतीय नागरिकको डीएनए परिक्षण


काठमाडौँ – तीन वर्षअघि कञ्चनपुरमा भएको निर्मलाको बलत्कारपछिको हत्यमा संलग्न भएको आशंकमा एक जना भारतीय नागरिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अलि थरका नगरिकलाई पक्राउ गरि डीएनए परिक्षणका लागि पठाइसकेको छ ।

अली थरका युवकको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । उनलाई प्रारम्भिक चरणदेखि नै प्रहरीले खोजिरहेको जनाएको छ । उनले निर्मलालाई जिस्काउने गरेको भन्दै विभिन्न व्यक्तिहरुले त्यसवेला बयान दिएका थिए । त्यही आधारमा प्रहरीले अलीसहित केही व्यक्तिको ‘स्केच’ बनाएर खोजी गरिरहेको अनुसन्धानमा संलग्न अधिकृतले बताए ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मलाको २०७५ साउन ११ गते शव फेला परेको थियो । उनी त्यसको अघिल्लो दिनदेखि घरबाट निस्किएकी थिइन् । जिल्ला प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको टोली, प्रदेश प्रहरी कार्यालय र अपराध अनुसन्धान समूहको टोलीले निरन्तर अनुसन्धान जारी राखेको थियो ।

घटनालगत्तै अली भारत गएका थिए । उनको बारेमा थप विवरण अहिलेसम्म दिएको छैन । अहिले नेपाल आएपछि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका छ । प्रहरीले लामो अनुसन्धानबाट पनि निर्मला हत्यामा संलग्न व्यक्तिको पहिचान अझै गर्न सकेको छैन ।