राजनीति

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा कार्य विभाजनसहितका एजेन्डा


काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

१४ औँ महाधिवेशनपछि कार्यगत हिसावले आजको बैठक महत्वपूर्ण हुने नेताहरूले बताएका छन् । यसअघि नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पुस ११ गते बसेको थियो । आजको बैठकमा रामचन्द्र पौडेल, कृष्ण सिटौलासहित मनोनीत १३ केन्द्रीय सदस्य पनि सहभागी हुने छन् ।