राजनीति

माओवादी केन्द्रले पदाधिकारी भोलि चयन गर्ने


काठमाडौँ — नेकपा माओवादी केन्द्रले पदाधिकारी सोमवार (भोलि) चयन गर्ने भएको छ । आइतवार २३६ जनाको केन्द्रीय समिति घोषणा गरिएकोमा अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी सोमबार चयन गर्ने जनाइएको छ ।

आठौं महाधिवेशन समापनपछि आइतबार प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको सोमबार बस्ने बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी घोषणा गर्ने जानकारी दिए ।

अध्यक्ष प्रचण्डले महाधिवेशनको बन्दसत्रमा २९९ सय केन्द्रीय सदस्यमध्ये २३६ जनाको नाम सिफारिस गरेका थिए । ती नामहरू बन्दसत्र अनुमोदन गरेको थियो । माओवादीले ६६ केन्द्रीय सदस्य पनि चयन गर्न सकेको छैन ।