राजनीति

एमसीसी पास गर्ने तरखरमा नेताहरु, देश गृहयुद्धमा फस्ने चेतावनी (भिडियोसहित)


काठमाडौँ — एमसीको विरोधमा लामो समयदेखि आन्दोलन भइरहेको छ । आइरतबार पनि एमसीसीको विरुद्धमा उत्रिएको २२ दलिय मोर्चाले काठमाडौमा प्रदर्शन गर्यो । एमसीसी खारेज नै गर्नुपर्ने आन्दोलनकर्मीको माग रहेको छ ।

आइतबार दिउसो काठमाडौको माइतीघर मण्डलामा २२ दलिय मोर्चाको व्यानरमा चर्को नाराबाजी भइरहेको थियो । उनीहरुको माग थियो नेपालमा एमसीसी परियोजनाको खारेज गर्नुपर्ने । एमसीसीको विरुद्धमा रहेका दलहरुले सत्ता गठबन्धन र यसको पक्षमा रहेका दलहरुलाई राष्ट्रघातिको आरोप लगाइरहेका छन् ।

नेपाल सरकारले प्रष्ट निर्णय दिन नसक्दा पनि एमसीसी परियोजना थप अन्यौल बनेको छ । एमसीसी यथास्थितिमा पास गर्नुपर्ने, संशोधन गरेर पास गर्नुपर्ने र पास नै गर्न नहुने मतकाबीच रुमलिएको लामो समय भयो । अवस्था अझै उस्तै छ । अझ कतिन्जेल विवाद जारी रहने हो टुङगो छैन । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी नेपालीहरुका लागि एउटा धोका भएको बताउँदै आउका छन् । गजुरेलले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने बताए । एमसीसी पारित भए नेपाल रणभूमिमा परिणत हुने चेतावनी उनले दिँदैै आउका छन् ।

एमसीसी सम्झौता संसदबाट पास होला कि नहोला भन्ने ठूलो चासो जनमानसमा छ । एमसीसी अनुदान नभएको र अमेरिकाले नेपाललाई सैन्य रणनीति भित्र पारेर चीनलाई घेराबन्दीमा पार्न नेपाललाई अखडाको रुपमा प्रयोग गर्न चाहेको कतिपयको आरोप छ । प्रदर्शनमा सहभागी भएका नेताहरुले एमसीसी नेपालको राष्ट्रिय हित विरुद्ध रहेकोले कुनै पनि हालतमा पास गर्न नदिने बताए ।

एमसीसी विगत २ वर्ष यता राजनितिक विवादको गोलचक्करमा फसेको छ । राजनितिक दलहरुले आफ्नो स्वार्थ अनुरुप एमसीसीलाई प्रयोग र परिभाषा गर्ने गरेकोले यो विवाद तत्काल समाधान हुने देखिँदैन ।