राजनीति

माओवादीमा जनजातिबाट ४१ केन्द्रीय सदस्यको नाम घोषणा


काठमाडौँ — नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट आदिवासी जनजातितर्फ ४१ जना केन्द्रीय सदस्य निर्वाचित गरेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजातितर्फ ४१ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेको छ ।

प्रज्ञा भवन कमलादीमा जारी आठौं महाधिवेशन अन्तर्गत आइतवार बसेको स्थायी कमिटी बैठकपछि प्रचण्डले विभिन्न क्लस्टरसमेत समावेश गरेर ४१ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका हुन्।

जनजाति पुरुष (११)

अजम्बर राई काङमाङ, रामकुमार राई, मानबहादुर बुढामगर, जीतबहादुर योन्जन, दीपेन्द्रकुमार पुन, तुलाराम घर्तीमगर, राजकाजी गुरुङ, परशुराम तामाङ, हितबहादुर तामाङ, दिलिप प्रजापति, छक्कबहादुर लामा

जनजाति युवा (४)

इन्द्र आङ्बो, हेमकुमार राई, डम्बर घर्तीमगर, नविन जिरेल

जनजाति महिला (२२)

अमृता थापा, ओनसरी घर्ती, कमला रोक्का, कुमारी मोक्तान, ताराकुमारी घर्ती, दुर्गा जयन्ती राई, पार्वती थापा, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मणि खुम्बु किराँती, पी घर्ती, लक्ष्मी पुन, मिना तामाङ, सरिता महर्जन, प्रतिमा श्रेष्ठ, उर्मिला लामा, लक्ष्मी गुरुङ, लालकुमारी पुन, माया बल ।

जनजाति युवा महिला (४)

विना मगर, आर तामाङ, ममता ताजपुरिया, कमला दोङ ।