राजनीति

एमसीसी संसदमा लैजान दिनु हुँदैन : सीपी गजुरेल


काठमाडौँ – देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसी संसदमा लैजान नहुने बताउनुभएको छ ।

उहाँले एमसीसी संसदमा पुगेपछि पारित हुने सम्भावना रहेकाले संसदमै लैजान दिन नहुने बताउनुभएको हो । आइतबार माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा बोल्दै अध्यक्ष गजुरेलले एमसीसी संसदमै लैजान दिन नहुने बताउनुभएको हो । उहाँले अमेरिकाले एमसीसी सम्झौतामार्फत् दिने भनिएको रकम भन्दाबढी रकम एनसेलको कर उठाउँदा जम्मा हुने भन्दै रकमभन्दा पनि परिणाम घातक रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष गजुरेलले अमेरिका नेपालमा आइसकेपछि पछि नहट्ने र रणनीतिक महत्वका ठाउँहरुमा आफ्नो अखडा खडा गर्ने भएकोले एमसीसी पास गर्न नहुने जिकिर गर्नुभयो ।

अध्यक्ष गजुरेलले चीनसँग लड्नका लागि अमेरिकाले नेपाललाई अखडा बनाउन एमसीसी सम्झौंताका लागि दबाब दिएकाले आफूहरुले विरोध गर्नु परेको तर्क समेत गर्नुभयो ।