राजनीति

रेडक्रस रुकुम पश्चिम शाखाको अध्यक्षमा अधिवक्ता रमा गौतम निर्वाचित


काठमाडौँ — नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमको अध्यक्षमा अधिवक्ता रमा गौतम चयन हुनु भएको छ ।

१६औं जिल्ला अधिवेशनबाट गौतम दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनु भएको हो । दुई वर्ष अघि भएको अधिवेशनबाट सर्वसम्मत सभापति भएकी गौतम यस पटक भने निर्वाचन मार्फत सभापति चुनिनु भएको हो ।

निवर्तमान महामन्त्री टेकबहादुर खड्कासँगको प्रतिसप्रधामा गौतम सभापति बन्नु भएको हो । ४९ मत खसेकामा गौतमले ३४ मत पाउनुभयो भने खड्काको पक्षमा १४ मत आएको थियो । रेडक्रसको महामन्त्री र कोषाध्यक्षमा पनि निर्वाचन भएको छ । निर्वाचनबाट महामन्त्रीमा बलविर पुन चयन हुँदा कोषाध्यक्षमा यज्ञबहादुर खत्री चुनिनु भएको छ । पुनले सुरेश खत्रीलाई पराजित गर्नुभएको थियो भने खत्रीले तेजबहादुर बटालालाई पराजित गर्नुभयो ।

पुनको पक्षमा २७ मत खस्यो भने खत्रीले २१ मत ल्याउनुभयो । खत्रीलाई ३३ मत दिएका मतदाताले बटालालाई १४ मत दिए । २ मत बदर भएको थियो । अन्य सदस्य भने सर्वसम्मत चयन भएका छन् । जिल्ला सदरमुकाम खलंगामा अधिवेशन सम्पन्न भएको हो ।

नवनिर्वाचित सभापति गौतम ७७ जिल्लामा एक मात्र महिला सभापति हो ।