राजनीति

धनुषाको पूर्व–पश्चिम राजमार्गमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप


काठमाडौँ – धनुषाको पूर्व–पश्चिम राजमार्ग जाम गरी बसेका जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

प्रहरीले सडक खुलाउने क्रममा आन्दोलनकारीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि झडप भएको हो । झडपमा केही सुरक्षाकर्मी र जनमत पार्टीका कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरको गोलीसमेत चलाएको थियो । यता आन्दोलनकारीले भने किसानको पक्षमा ऐक्यबद्धता जनाएको बताएका छन् ।

किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै जनमत पार्टीले तराइका जिल्लामा राजमार्ग अवरुद्ध गर्नुका साथै प्रदर्शन गर्दै आएको छ ।