राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्दै


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाउनुभएको छ । बैठक सोमबार दिउँसो बस्नेछ । १४ औं महाधिवेशनपछि कांग्रेसको नयाँ कार्यसमितिको दोस्रो बैठक बस्न लागेको हो ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार दिउँसो दुई बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको बताउनुभयो ।