काठमाडौँ – पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
५ हजार ९६२ जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र १ हजार ६६९ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जना गरी २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, थप २०९ जना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको कुल संख्या ११ हजार ५९६ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९७१ जना रहेका छन् ।
प्रतिक्रिया