राजनीति

स्थगित प्रतिनिधि सभा बैठक पुस २२ मा बस्ने


काठमाडौँ – नेकपा माओवादी केन्द्रको आग्रहमा स्थगित प्रतिनिधि सभाको बैठक पुस २२ मा बस्ने भएको छ । संघीय संसद सचिवालयले सूचना निकाल्दै यसबारे जानकारी दिएको हो ।

यसअघि आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो। माओवादीले पार्टीको आठौं महाधिवेशन जारी रहेकोले प्रतिनिधि सभा बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको थियो। बैठक स्थगित भएपछि आजका लागि बोलाइएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको छ।

माओवादीले आज केन्द्रीय कमिटी र पदाधिकारी चयन गर्ने तयारी गरेको छ।