काठमाडौँ – भारत दक्षिणी क्षेत्र तेलंगनामा माक्स नलगाउनेलाई जरिवान गरिने भएको छ । भारतमा कोभिडको तेस्रो लहर फैलिएसँगै माक्स नलगाउनेलाई एक हजार भारतीय रुपैयाँ जरिवान गराइने भएको हो ।
सङ्क्रमण फैलिँदै गएपछि राजधानी दिल्ली, हरियाणा र तेलङ्गनामा कडा निर्देशन लागू गरिएको छ । तेलङ्गनामा भीडभाड गर्न रोक लगाइएको छ भने सामूहिक कार्यक्रम र र्याली तथा राजनीतिक सभा सम्मेलनमा समेत रोक लगाइएको छ ।
यसैगरी हरियाणा सरकारले पनि सिनेमा हल, खेल मैदान, स्वमिङ पुल लगायत सार्वजनिक स्थलमा जान रोक लगाएको छ । सरकारी र निजी कार्यालयमा ५० प्रतिशत मात्रै कर्मचारी जान पाउने नियम बनेको छ । यो नियम आउँदो १२ तारिखसम्म लागू हुनेछ ।
यस्तै, पश्चिम बङ्गालमा पनि प्रतिबन्धात्मक नियमलाई कडा पारिने भएको छ । यस्तै, सङ्क्रमण फैलिए पछि राष्ट्रपति भवन सङ्ग्रहालय बन्द गरिएको छ ।
प्रतिक्रिया