राजनीति

माओवादीको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित


काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रको आग्रहमा प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनी तय भएको प्रतिनिधि सभाको बैठक माओवादीकले आफ्नो पार्टीको महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह पछि बैठक स्थगित गरिएको हो ।

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/७८ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।