काठमाडौँ – अमेरिकी राज्य कोलोराडोमा डढेलोमा परि तीन जनाको ज्यान गएको आशङ्का गरिएको छ। डढेलोमा परेर बेपत्ता भएका उनीहरुको ज्यान गएको आशङ्का गरिएको हो ।
डढेलोका कारण घर जलेर नष्ट भएका छन् भने हजारौँ नागरिक विस्थापित भएका छन् । दुई दिन अघि सुरु भएको डढेलो कोलोराडो राज्यका धेरै सहरहरुमा फैलिएको छ । दर्जनौँ दमकल र हेलिकप्टरको प्रयोग गर्दा समेत डढेलो नियन्त्रणमा लिन नसक्दा सहरमा फैलिएको हो । ड
ढेलो प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको छ । कोलोराडोमा नेपाली समुदायहरुको पनि बाक्लो उपस्थिति रहेको छ ।
डढेलोका कारण हजारौँ हेक्टर जङ्गल नष्ट भएको छ ।


प्रतिक्रिया