राजनीति

प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने


काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७÷७८ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्को नवौं अधिवेशनदेखि नै निरन्तर बैठक अवरूद्ध गर्दै आएको छ । यसअघिका बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए । संसद बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । राष्ट्रिय सभाको बैठक भने अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।