राजनीति

माओवादी केन्द्र सर्वसम्मत नेतृत्व चयनको गृहकार्यमा, पदाधिकारीको विषय टुंग्याउन बन्दसत्र स्थगित


काठमाडौँ – माओवादी केन्द्र सर्वसम्मत नेतृत्व चयनको गृहकार्यमा जुटेको छ । सुरु भइसकेको निर्वाचन प्रक्रिया स्थगित गरेर माओवादीको शीर्ष नेतृत्व सहमतिको प्रयासमा लागेको छ ।

शनिबारको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिका लागि थप गृहकार्य गर्ने भन्दै आइतबार दिउँसो १ बजेसम्म बन्दसत्र स्थगित गर्न राखेको प्रस्ताव सर्वसम्मतले पारित भएको थियो । निर्वाचन समितिले आज दिउँसो २ बजेबाट लागू हुने गरी निर्वाचन कार्यतालिका हेरफेर गरेको छ । सहमतिको प्रयास जारी राखेकाले निर्वाचन कार्यतालिका संशोधन भएको नेताहरूले बताएका छन् ।

आज दिउँसो १ बजेपछि सुरु हुने बन्दसत्रमा केन्द्रीय कमिटीको सूची पेश गर्ने तयारी छ । केन्द्रीय कमिटी प्रस्ताव गर्ने र त्यसपछि आजै केन्द्रीय समितिबाट पदाधिकारीसमेत टुंग्याउने तयारी माओवादी केन्द्रको छ ।