समाचार

फर्केर हेर्दा: २०२१ मा विश्वभर के के भए ?


काठमाडौँ – ग्रेगोरियन पात्रोअनुसार इस्वी संवत सन् २०२२ शनिबारबाट सुरु भई सकेको छ । अंग्रेजी नयाँ वर्षका रुपमा नेपालसँगै विश्वभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । कोरोना महामारीका बीच सन् २०२१ नमिठो यादको रुपमा वित्यो । समग्रमा २०२१ को विश्व परिवेश कस्तो रह्यो त ?

ग्रेगोरियन पात्रोअनुसार इस्वी संवत सन् २०२२ को पहिलो दिन जनवरी एक विभिन्न कार्यक्रम गरी हर्षउल्लासका साथ मनाइएको छ । सग्रमा सन् २०२१ लाई फर्केर हेर्दा गएको वर्ष यादगार चाहीँ बन्यो तर नमिठो । २०२१ सम्पूर्ढा रुपमा विश्वलाई नै शिथिल बनाउने गरि कोरोना महामारीले नमिठो यादगार बनाइदिएको हो । स्वास्थ्य मापदण्ड, यात्रा प्रतिबन्ध तथा लकडाउनका कारण एकान्तवासमा विश्वसमूदायले असाधारण साहसको प्रदर्शन गरे ।

विश्व भर्चुवल माध्यममा रमाउन सक्ने भएका छन । २०२१ मा कोभिड–१९ विरुद्धको खोप विकास र उत्पादन गर्ने दौड राम्रै चल्यो । यसमा कोही सफल भए, कोही असफल । अहिले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन त्रास पुन बढेको छ । आम मानिस मास्क, स्यानिटाईजर सहितको स्वास्थ्य मापदण्ड केन्द्रित बन्यो भने विश्व राजनीति कोरोना खोपमा केन्द्रिय रह्यो । कोभिडका कारण विश्वका ठुला शतिm चीन सहित अन्य मुलुकमा पनि कारखानाहरु बन्द भए । फलत औषधीदेखि लत्ता कपडासम्मको उपलब्धतामा ह्रास आयो ।

कोरोना महामारीकैबीच विश्वका विभिन्न मुलुकमा विश्वको ध्याकर्षण हुने विभिन्न घटनाहरु भए जुन २०२१ मा लामो समय चर्चामा रह्यो । सन् २०२१ मा अमेरिकाले नयाँ राष्ट्रपति पायो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विदाई गर्दै ह्वाइट हाउसमा जो बाइडेन भित्रिए । पहिलो पटक एसियन मुलकी महिला कमला ह्यारिस अमेरिकाको उपराष्ट्रपति बनिन् ।

यो वर्ष म्यानमारलाई पनि कालो वर्षकै रुपमा रहयो । सन् २०२१ को फेबूवरीमा म्यानमारमा सेनाले ‘कू’ गर्दै सत्ता हत्याए । प्रजातन्त्रवादी नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्ट लगायत दलका नेताहरु अझै नजरबन्दमै छन् । सेनाले अहिले पनि सर्वसाधारण प्रदर्शनकारीमाथि दमन जारी राखेको छ ।

२०२१ को अर्को चर्चामा रह्यो इजरायलमा नयाँ प्रधानमन्त्रीको उदय । १५ वर्षदेखि सत्तामा रहेका बेन्यामिन नेतन्याहूलाई विस्थापित गर्दै जुन १३ मा नेफ्टाली बेन्नेट सत्तामा आए । ०२१ मा विश्वको ध्यानकर्षण गरेको अर्को घटना अफगानिस्तानमा तालिवानको उदय । १५ अगस्टमा काबुलको राष्ट्रपति भवन प्रवेशसँगै हिंस्रक आन्दोलन गरेर २ दशकपछि तालिबानहरू पुनः सत्तामा फर्किए । दक्षिण एशियाली मुलुक अफगानिस्तानमा निर्वाचित राष्ट्रपति असरफ घानीले सत्ता त्याग्नुपर्यो । अहिले तालिवानको सरकार छ । घानीले त देशै छाडेर भागे ।

सन् २०२१ मा युरोपियन मुलुक जर्मनीले नयाँ चान्सलर पायो । गएको १६ वर्ष जर्मन सत्ता हाकेकी एंगेला मर्केलले बिदा लिएपछि ६३ वर्षीय ओलाफ स्कोल्ज नयाँ चान्सलर बने । १६ वर्षपछि सत्तामा फेरबदल भयो । विदेशबाट प्रशंसा र स्वदेशबाट चिरस्थायी लोकप्रियता हासिल गरेकी मर्केलले १६ वर्षपछि ६७ वर्षको उमेरमा चान्सलरको भूमिकाबाट विदा भईन् ।

कोरोना त्रासकैबीच विश्वभरका शीर्ष नेतृत्व सहभागी भई बेलायतको ग्लास्गो सहरमा जलवायु परिवर्तन सम्बन्धी कोप २६ सम्मेलन सम्पन्न भयो । यसले जलवायु परिवर्तन र तापमान वृद्धिका विषयमा उल्लेखनीय निर्णयहरु गरे ।

सन् २०२० हुन नसकेको विश्व खेलकुदको महाकुम्भ ओलम्पिक खेल सम्पन्न गरे । जुलाई २३ मा उद्घाटन गरिएको ओलम्पिकमा विश्वभर रहेका शरणार्थीहरूको टिमसहित दुई सय ६ टिमले भाग लिए । सर्वाधिक पदक जित्ने टिम वा देश अमेरिका बन्यो ।

सन् २०२१ को अन्यतिर दक्षिण अमेरिकी देश चिलिमा एक ३५ बर्षिय युवा राष्ट्रपतिमा निर्वाचित भएको खबर अझै चर्चामै छ । चिलिको इतिहाँसमै सबैभन्दा कम उमेरमा ३५ वर्षिय बामपन्थी नेता गाब्रिएल बोरिक चिलिका नयाँ राष्ट्रपति चुनिए ।

कोरोना कहरका कारण मानवीय क्षति र अर्थतन्त्रमा ठुलै क्षति वेहोरे पनि राजनीतिक तथा अन्य विषयमा भने २०२१ मा त्यस्तो कुनै असाधारण रहेन । नेपालमा चाहीँ राजनीतिक रुपमा यो वर्ष चर्चामै रहयो । दुई दुई पटक संसद विघटन र पुनस्थापनाको घटना बढि चासोको रुपमा रहयो । अब २०२२ चाहीँ सम्पूर्ण रुपमा सुखद रहोस भन्दै मानिसहरुले कामना गरेका छन् ।