राजनीति

लिङदेन र रवीन्द्रको दौडधूप: राजावादीकै शरणमा पुग्ने रवीन्द्रको इच्छा


काठमाडौँ – राष्ट्रिय राजनीतिमा मूलधारका दल र नेताहरुको गलत आचरण र गैरजिम्मेवारीका कारण व्यवस्थाप्रति नै जनताप्रति नैराश्य छाएको छ । फरक धारका जनता र युवा पंक्तिलाई समट्ने भन्दै नयाँ नयाँ राजनीतिक पार्टीहरुको उदय भइरहेका छन् । तर ती दल पनि परिपक्व नहुँदै टुटफुटबाट ग्रस्त छन् । पछिल्लो समय चाहीँ व्यवस्थाकै विकल्पमा रहेका शक्तिहरु एकजुट हुने तरखरमा देखिन्छन् ।

विगत सात दशकदेखि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी लगायतका शक्तिहरु नै दलीय व्यवस्थाको मूल प्रवाहमा छन् । तर पटक पटक व्यवस्था बदलिए पनि राजनीतिक दल र दलका नेताहरुको राजनीतिक प्रवृत्तिबाट जनता दिग्दार छन् । ती दलहरुको विकल्प भनेर दावी गर्दै उदाएका दलहरुले फरक धारका जनताको मन जित्न सक्नु पर्ने थियो तर उनीहरुको आलोकाँचो गतिविधि, पार्टी सञ्चालनको शैलीबाट जनताले उनीहरु माथि भरोसा गर्न सकेका छैनन् ।

विवेकशील साझा पार्टी पछिल्लो ज्वलन्त उदाहरण हो । वैकल्पिक शक्तिका रुपमा उदाएको तत्कालिन विवेकशील नेपाली दल र साझा पार्टीबीच दोस्रो पटकको फुटपछि २०७७ मंसिरमा पुन एकिकरण गरेको थिए । एकीकरणको कागजमा सहि छाप गर्दै संयोजकद्वय रवीन्द्र मिश्र र मिलन पाण्डेले विवेकशील साझालाई वैकल्पिक होइन निर्विकल्प बनाउने उद्घोष नै गरेका थिए । तर उनीहरुको निर्विकल्प वैकल्पिक शक्ति बन्ने विश्वास एक वर्ष पनि टिक्न सकेन ।

अध्यक्ष मिश्रको राजनीतिक दस्तावेज मार्फत गणतन्त्रलाई आयातीत मात्र भनेनन् धर्म निरपेक्षताबारे जनमत संग्रह नै गर्नुपर्ने बताएपछि विवेकशील साझा अन्तरद्वन्दको चपेटामा फस्यो । मिश्रले पाण्डे समूहलाई लत्याएरै विकल्पको खोजीमा हिँडेका छन । विवेकशील साझा र अन्य साना राजनीतिक दलसँग एकीकरणमा सक्रिय भएका छन । मिश्रले सिटिजन्स डिस्कसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकीकरण गरिसकेका छन भने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि एक हुने संकेत देखाएको छ ।

राजसंस्था र हिन्दु राष्ट्रको पुर्नस्थापना सहित आफुलाई वैकल्पिक शक्ति मान्ने राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नयाँ नेतृत्व चयनसँगै चर्चामा छ । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेन राप्रपालाई मुलधारको पार्टी बनाउन कम्मर कसेर लागेका छन । वैकल्पिक शक्तिको दावी गरे पनि नागरिकले नपत्याएको राप्रपालाई ठुला पार्टीहरुको कडा आलोचना गरेरै भए पनि राप्रपा नै उत्कृष्ट भएको प्रमाणित गर्न सक्रिय छन् ।

वैकल्पिक भनि दावी गर्ने शक्तिहरु नै आफू बैकल्पीक शक्ति हो भन्नेमा आत्मविश्वासमा छैनन् । वैकल्पिक भनिएको शतिmहरुले आफ्नो राजनीतिक मार्गदर्शन नै तय गर्न नसक्दाको परिणाम जनताको मन जित्न नसक्नु रहेको विश्लेषकहरुको बुझाई छ ।

यी राजनीतिक दलहरुले आफनै आयु कतिञ्जेल हो लेखाजोखा गर्न सकेका छैनन् भने मुलुकको दलीय व्यवस्थालाई यहाँसम्म ल्याइपुर्याएका दलहरुलाई टक्कर दिन सक्ला भन्नेमा शंकै शंका छ । क्षणिक वैकल्पिक शतिmको नारा लगाउने र केहि विकल्प नभएपछि अन्य दलसँग विलय हुने कमजोर प्रवृत्ति चल्दै आएको छ ।

अहिले साझा पार्टी र राप्रपा दुवै यसैको उदाहरण हो भन्दा फरक नपर्ला । यी दुई पार्टी एक भए पनि वैकल्पिक शतिm बन्न भने त्यति सहज छैन । बरु राजसस्था जस्तो पश्चगामी शक्तिको पिछलगु हुन लागेको विवेकशिलको प्रभावहिन् विलय शिवलय अरु नहोला ।