राजनीति

माओवादीमा पहिलोपटक निर्वाचनबाट नेतृत्व, प्रतिस्पर्धाको रस्साकस्सी



काठमाडाैँ – तीन दशक लामो इतिहासमा ‘जो ओदश’शैली तोडेर माओवादी केन्द्रले पहिलोपटक निर्वाचनका माध्यमबाट नेतृत्वदेखि केन्द्रीय कमिटी चयन गर्ने भएको छ । मुल नेतृत्वमा प्रचण्डको प्रतिस्पर्धी नभएपनि पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति नभएर निर्वाचनमै होमिएपछि यस अघि चल्दै आएको प्रचण्डकोतजविजि अधिकार तोडिएको छ ।

आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा पेश गरिएको दस्तावेजमाथि प्रतिनिधिहरुलेजुन जुन विषयचर्काेसँग उठाए, त्यसमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मौन बसिदिए । कारण, उनी महाधिवेशनमार्फत सजिलै अनुमोदन हुन चाहन्थ्ये । ३२ बर्षदेखि सर्वेसर्वाकै रुपमा हेरिएका प्रचण्डमाथि आठौं महाधिवेशनले अनेक प्रश्नहरु खडा गरेको छ । जसको जवाफ दिन उनी आफैँ अक्क न बक्कको अवस्थामा छन् । फलतः मुल नेतृत्वमा आफुलाई सुरक्षित बनाएपनि नीतिदेखि नेतृत्व चयनसम्म प्रचण्डले कठिन अनुमोदन ब्यहोरेका छन् ।

प्रचण्डले पेश गरेको ‘२१ औं शताब्दीमासमाजवादको नयाँ बाटो’ नामक प्रतिवेदनलाई हलले प्रश्नहरुकै बीच शुक्रबार स्वीकार गरेको छ । जसमा प्रचण्डको विचारधारादेखि जीवनशैलीसम्मका कठिन प्रश्नहरु उठेका थिए । जसमा डेरा सरेर गाउँतिर जाने पारिवारिक सल्लाहदेखि आगामी चुनावपछि विचारमा बहस गर्न विशेष महाधिवेशन गर्ने प्रस्तावसहित प्रचण्डले विट मारेका छन् ।

आफ्नै तजबिज र विगतको टिके प्रथाबाट पदाधिकारी र केन्द्रीय कमिटी चयनकोप्रचण्डअधिकार महाधिवेशनमा च्याप्टर क्लोजको तहमा छ । उनी सकभर सहमतिकै आधारमा कमिटी निर्माण चाहन्थ्ये, हल प्रचण्डको चाहनालाई कुल्चिएर निर्वाचनतिर केन्द्रीत बनेपछि पदाधिकारी र केन्द्रीय कमिटीमा चुनाव हुने भएको छ । भर्खरै महाधिवेशन सम्पन्न गरेका सहयात्री दल नेकपा एमाले र नेपाली काँग्रेसमा नेतृत्वका लागि प्रतिस्पर्धा हुने पहिल्यै तय थियो ।

ओली र देउवाले त्यही अनुकुलको तयारी गरेका पनि थिए । तर प्रतिस्पर्धी शून्य बनेका प्रचण्ड हुबहु आफ्नै कार्यनीतिमा हलले ताली बजाउनेमा ढुक्क थिए ।उनको विकल्पमाथि कसैले प्रश्न त उठाएन, तर कार्यशैली र सैदान्तिक विचलनमाथिको प्रश्नले प्रचण्डलाई असहज अनुमोदित गरेको हो । जीवनशैलीमाथि प्रश्न उठेपछि खुमलटारको भव्य महलमा बसेका प्रचण्ड झुपडीमै गएर बस्न तयार रहेको अभिव्यक्ति दिए ।

तर जनताको जीवनस्तर उकास्दै आफु महलमा बसेजस्तो जनतालाई पनि महलमै बस्न लायक बनाउँछु भन्ने आँट गरेनन् । किनकि जनताको चाहना सधैं झुपडीमा नभएर महलमा बस्न सक्ने हैसियत बनाउनु हो । जसको मार्ग कोर्नु नेताको कर्तव्य । तर जनताकै स्तरमा फर्किएर सम्भावना र सपनामाथि हार खानु प्रचण्डको विचारधाराको धरातल खस्किदै गएको अर्थमा विश्लेषण गरिएको छ ।यद्यपी तीन दशकदेखि तजबिजमै नेतृत्व चयन हुँदै आएको माआवादीमा आठौं महाधिवेशनले नेतृत्वदेखि केन्द्रीय कमिटीसम्म लोकतान्त्रिक विधिमार्फतप्रतिस्पर्धा नै रोजेपछि प्रचण्डको सबैभन्दा ठुलो हारका रुपमा हेरिएको छ ।