राजनीति

पोसाक दिवसलाई आधिकारिकता दिन मन्त्रीपरिषदेमा लैजाने


काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले ‘पोसाक दिवस’लाई आधिकारिकता दिन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताएका छन् । पोसाक दिवसको अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले शनिबार काठमाडौंको पर्यटन बोर्डमा आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले पोसाक दिवसलाई आधिकारिकता दिन प्रधानमन्त्रीसँग छलफल गर्ने र मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताएका हुन् ।

मन्त्रिपरिषद्बाट पारित गराएर मनाउन पाएको भए अझै भव्य र सभ्य हुने भन्दै उनले अर्को वर्ष राष्ट्रिय दिवस मनाउने तयारी गर्न आग्रह गरे । पोसाक दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन यस वर्ष चुकेको भए पनि अर्को वर्ष यस्तो नहुने उनको भनाइ छ ।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको मौलिक तथा ऐतिहासिक संस्कृतिको रक्षा गर्न सबै तत्पर हुनुपर्ने धारणा राखे ।