राजनीति

माओवादी महाधिवेशन निर्वाचन भोली मात्रै, उम्मेदवारी दर्ता १०:३० सम्म


काठमाडौँ – नेकपा माओवादी केन्द्रको आठौ महाधिवशन अन्तर्गतको नेतृत्व चयनका लागि आज राति १०३० सम्म उम्मेदवारी दिन पाउने समयसीमा तोकिएको छ । माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको कार्यक्रम अनुसार आज उम्मेदवारहरुको मनोनयन पत्र दर्ता सूची प्रकाशन गर्ने र भोलि मतदान गर्ने कार्यतालिका रहेको छ ।

उम्मेदवार मनोनयनको प्रक्रिया भने आजै साँझ ८ बजे देखी सुरु हुनेछ भने भने राति १०:३० मा उम्मेदवार मनोनयन पछिको सूची सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । राति १०:३० मा उम्मेदवारी सूची सार्वजनिक गरे लगत्तै आईतवार बिहानवाट उम्मेदवारको बिरोधमा उजुरी दिन समय बिहान ८:०० देखी ८:३० सम्म तोकिएको छ । साथै, उम्मेदवारको बिरोधमा परेको उजुरीको सुचना ८:३५ मा निर्वाचन समितिले दिने छ ।

उक्त उजुरी उपर निर्वाचन समितिले छानबिन भने बिहान ८:४० देखी ९:०० बजेसम्म गर्नेछन र ९:१० बजे उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ । जसअनुसार ९:३० देखी ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय समितिले दिएको छ । बिहान ११:४५ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएलगत्तै ११:३० वाट मतदान प्रक्रिया सुरु भई ४ बजेसम्ममा सम्पन्न गर्ने निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ ।