राजनीति

माओवादी नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु


काठमाडौँ – नेकपा माओवादी केन्द्रको पदाधिकारी र केन्द्रीय सदस्यको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबारको बन्दसत्रबाट विधान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रको निर्वाचन प्रक्रिया सुरु भएको हो ।

निर्वाचन समितिले महाधिवेशनस्थल काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एक हजार ७४२ जनाको नामावली टाँसेको छ ।

माओवादीको विधानानुसार महाधिवेशन प्रतिनिधिहरूले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । उक्त कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी चयन गर्नेछ ।