राजनीति

देशभरका उद्योग कांग्रेस नेतृत्वको सरकारले बेचेको दुर्गा प्रसाईको आरोप


काठमाडौँ – नेकपा एमालेका उद्योग विभाग उप–प्रमुख दुर्गा प्रसाईँले देशमा भएका सबै उद्योगधन्दा, कलकारखाना सत्तारुढ नेपाली काँग्रेस नेतृत्वको सरकारले बेचेको आरोप लगाउनु भएको छ

। मेडिकल कलेज सञ्चालक समेत रहनु भएका उपप्रमुख प्रसाईँले नेपाली काँग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला मुलुकका सबै उद्योगधन्दा, कलकारखाना बेचिएको आरोप लगाउनुभएको हो ।

उपप्रमुख प्रसाईँले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको कार्यकारी अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नु भएको दावी समेत गर्नु भयो ।