काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज (शनिबार) बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार अहिले गण्डकी र लुम्बिनी प्रदेशसहित देशका बाँकी पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ । यतिबेला तराईका केही स्थानमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।


प्रतिक्रिया