राजनीति

नयाँ नेतृत्व चयनसहित माओवादी केन्द्रको महाधिवेशन आज सम्पन्न गर्ने


काठमाडौँ – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन नयाँ नेतृत्व चयनसहित शनिबार सम्पन्न गर्ने तयारी भएको छ । शनिबार ११ बजे सुरु हुने बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । त्यसपछि विधान संशोधन प्रस्ताव पारित निर्वाचन प्रक्रियामा जाने माओवादी केन्द्रले जनाएको छ । माओवादीले सहमतिमै नेतृत्व चयन गर्न लागेको छ ।