राजनीति

प्रचण्डले आकर्षक रुपले कार्यकर्ता झुक्याए : नाम अनुसारको काम भएन, फरक मतलाई खोई ठाउँ ?(भिडियोसहित)

झुक्याउन खप्पीस प्रचण्ड


काठमाडौँ — माओवादी महाधिवेशनअन्तर्गत दस्तावेजमाथि केस्राकेस्रा केलाउने कोशिस गरेका प्रतिनिधिहरुको जिज्ञासामाथि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका छन् । तर समाजवादको बाटोमै दस्तावेज अलमलिएको भन्दै उनीहरुले पूर्णतः स्वीकार गर्न सकिरहेका छैनन् ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दस्तावेजमाथि केस्राकेस्रा केलाएपछि महाधिवेशन प्रतिनिधिहरुको एउटै निष्कर्ष आएको छ, अब सुध्रिनुको विकल्प छैन । अध्यक्ष प्रचण्डले महाधिवेशनको बन्दसत्रमा ‘२१औं शताब्दीमा समाजवादको नयाँ बाटो’ नाम दिएरपेश गरेको राजनीतिक प्रतिवेदनमा २५ वटा समूहले छलफल गरेका थिए । समूहगत छलफल सकिएपछि आएका सुझाव र धारणामाथि प्रचण्डले शुक्रबार जवाफ पनि दिएका छन् । तर प्रचण्डको दस्तावेज र दस्तावेज उफरको जवाफ आकर्षक रुपमा कार्यकर्ता अलमल्याउन उत्कृष्ट मानिएपनि कार्यान्वयनमा जटिल देखिएको छ ।

प्रचण्डको दस्तावेजमाथि नै काउन्टर दिएर नेता राम कार्की र लेखनाथ न्यौपानले पुरक दस्तावेज पेश गरेका थिए । आत्मसमिक्षासहित यथास्थितिमै मिलेर जानुपर्ने विषयलाई प्रचण्डले बढी समय खर्चिएका बेला फरक मत राखिरहेका नेताहरुले गल्ती सुधारले मात्रै नपुग्ने भन्दै नयाँ विचारकै आवश्यकता औल्याएका थिए ।मुलत, प्रचण्डको दस्तावेज र नेताहरुको आकंक्षालाई हेर्दा नेकपा माओवादी केन्द्रलाई अब माओवादीकै रुपमा टिकिरहन कठिन परेको देखिन्छ ।नेता राम कार्कीले त माओवादीभित्र आएको सैदान्तिक विचलनमाथि चिन्ता गणतन्त्र र संघीयतामाथि नै प्रश्न उठाएका छन् ।

शान्तिप्रक्रियामा आएको १५ वर्षमा माओवादी कार्यकर्ताको बाँच्ने तरिका व्यापक फेरबदल भएको नेताहरुकै निष्कर्ष छ । स्थानीय तहमा डोजरको मालिक बन्नेदेखि राष्ट्रियस्तरकै ठूला(ठूला ठेक्कापट्टा र कमाउधन्दामा माओवादी नेता कार्यकर्ता अग्रभागमा देखिन्छन् ।यसैकारण फरक मत पेश गरेका नेता लेखनाथ न्यौपानेले माओवादी आन्दोलन कमजोर हुनुमा पार्टीका नेताहरुको अपारदर्शी आर्थिक जीवन जिम्मेवार रहेको उल्लेख गर्दै सम्पति छानबिनको कुरा उठाएका छन् ।

कृषिउत्पादनसँग जोडिएर आर्थिक उत्थानको विषयमा प्रचण्डको दस्ताबेज केन्द्रीत बनेको छ । तर पार्टीका नेता कार्यकर्ताको फेरिएको जीवनशैली र प्रचण्ड स्वयंम्को जीवनशैली दस्ताबेजसँग मेल खाँदैन ।प्रतिनिधिहरुले प्र्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने कुरालाई विशेष रुपमा उठाएका छन् । पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने अधिकांशको सुझाव छ । प्रचण्डको प्रतिवेदन कार्यान्वयन भए पार्टी रूपान्तरण हुने तर रुपान्तरण गर्दा उनी आफैँबाट सुरुवात गर्नुपर्ने माग दरोसँग उठेको छ ।प्रचण्ड संसोधनसहित एमसीसी पास गर्नुपर्ने मत राखिरहेका बेला अधिकांश प्रतिनिधिले पार्टी एमसीसीको विपक्षमा उभिनु पर्ने सुझाव दिएका छन् । जसलाई कुन रुपले कार्यान्वयन तहमा पु¥याउँछन् प्रचण्डका लागि सबैभन्दा चुनौतीपूर्ण छ ।