राजनीति

चुनावपछि विशेष महाधिवेशन गर्ने प्रचण्डको घोषणा


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचारको निर्माण गर्न चुनावपछि विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् ।

आठौँ महाधिवेशनको बन्दसत्र अन्तर्गत प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्डले विशेष महाधिवेशनमा जाने घोषणा गरेका हुन् । अहिलेको महाधिवेशनमा उठेको बहसलाई विशेष महाधिवेशनसम्म पुर्‍याइने उनको भनाइ थियो ।