राजनीति

अबको प्रचण्डको डेरा काठमाडौँ कि चितवन ?


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डेरा सर्ने बताएका छन् । खुमलटारमा बस्दै आएका प्रचण्डले आठौँ महाधिवेशनमा आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै डेरा सर्न लागेको जानकारी गराएका हुन् ।

ठेकेदारको घरमा बसेको भन्दै प्रचण्डको आलोचना हुने गरेको थियो । प्रचण्डको बसाइबारे प्रतिनिधिले पनि प्रश्न उठाएका थिए । ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बस्दै आएका छन् प्रचण्ड । प्रचण्डले भने – ‘डेरा सर्ने कुरा ठीक छ । खुमलटारबाट डेरा सर्छु । अर्को डेराको खोजी हुँदैछ । ठेकेदारको घरमा बस्यो भनेर आलोचना भयो । घर सल्लाह गर्छु । यहीँ बस्ने कि चितवन, ‘प्रचण्डले आज जवाफ दिँदै भने ।