राजनीति

प्रचण्डको जवाफ : राजनीतिक प्रतिवेदनमा सबैको सुझाव समेटिन्छ


काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी आठौँ महाधिवेशनमा आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएका छन् ।

माओवादीको आठौं महाधिवेशनअन्तर्गत प्रज्ञा भवन कमलादीमा जारी बन्दसत्रमा समूहका नेताले उठाएका प्रश्‍नको जवाफ दिनेक्रममा दाहालले आफूले पेस गरेको प्रतिवेदन सबैको साझा भन्दै सबै सुझावहरु समेटिने बताएका हुन् ।

महाधिवेशनको दोस्रो दिन गत सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि २५ वटा समूहमा मंगलबार छलफल भएर बुधबार र बिहीबार समूहका नेताहरूले सुझावसहित निष्कर्ष प्रस्तुत गरेका थिए । त्यसक्रम उठाइएका प्रश्नको शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिएका हुन् ।