राजनीति

पार्टी एकताको प्रस्ताव लिएर राजेन्द्र लिङ्देन मिश्र निवासमा


काठमाडौँ –राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री धवलशमशेर राणा र विकेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच पार्टी एकताको विषयमा छलफल भएको छ। अध्यक्ष लिङ्देन र राणा शुक्रबार बिहानै मिश्रको निवास पुगेर पार्टी एकताबारे कुराकानी गरेका हुन्।

सो क्रममा आपसी सहकार्यका साथै पार्टी एकताबारे समेत सामान्य छलफल भएको बताइएको छ । मिश्रसँगको भेटपछि महामन्त्री डा.राणाले समान विचारधारा भएका पार्टी तथा संघसंस्थासँग मिलेर जाने पार्टीको नीतिअनुरुप नै मिश्रसँग भेटवार्ता भएको बताए । उनले राप्रपामा थुप्रै वरिष्ठ नेताहरू रहेका कारण मिश्रलाई सम्मानजनक तरिकाले कसरी समेट्ने भन्ने विषय रहेको पनि बताए।