खेलकुद

दुई विभागीय टिम भिड्दै


काठमाडौँ – शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज सातौँ चरणका खेल सुरु हुँदैछन् । दिउँसो १ बजे दशरथ रंगशालामा हुने पहिलो खेलमा विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी भिड्दैछन् । यस्तै दशरथ रंगशालामा दिउँसो पौने ५ बजे हुने दोस्रो खेलमा फ्रेन्डस् क्लब र न्युरोड टिम एनआरटी भिड्नेछन् । जारी प्रतियोगितामा साविक विजेता मछिन्द्र १४ अंकसहित शीर्ष स्थानमा रहँदा आठ पटकको विजेता मनाङ मर्स्याङ्दी १३ अंकसहित दोस्रो र संकटा १२ अंकसहित तेस्रो स्थानमा छन् ।