राजनीति

कांग्रेसले तोक्यो सबै नेताको वरीयता, केन्द्रीय सदस्यमा गोपालमानपछि शशांक


काठमाडौँ – नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको वरीयता सहितको सूची सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको सूचीमा सभापति शेरबहादुर देउवा पहिलो, उपसभापति पूर्णबहादुर खड्का दोस्रो र उपसभापति धनराज गुरुङ तेस्रो वरीयतामा रहनुभएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा क्रमशः चौथो र पाँचौ वरीयतामा हुनुहुन्छ । केन्द्रीय सदस्यहरूमध्ये पूर्वउपसभापति गोपालमान श्रेष्ठले शीर्ष वरीयता पाउनुभएको छ । उहाँ १४औं वरीयतामा रहँदा निवर्तमान महामन्त्री डा.शशांक कोइराला १५ औं वरीयतामा रहनुभएको छ ।

सभापतिका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइराला २०औं वरीयतामा रहनुभएको छ ।