राजनीति

देशभर हुस्सु र कुहिरो,सतर्कता अपनाउन आग्रह


काठमाडौँ – हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव का कारण धेरै स्थानमा शुक्रबार हुस्सु र कुहिरो लागिरहेको छ ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ । गण्डकी प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

विभागका अनुसार आजराति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हिमपातको संभावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।