राजनीति

समानुपातिक प्रतिनिधित्व र महिला सहभागिता नारामा सिमित, निर्णायक तहमा छैनन् महिला(भिडियोसहित)


काठमाडौँ — नेकपा माओवादी केन्द्र अहिले ८ औं राष्ट्रिय महाधिवेशनमा होमिएको छ । नेतृत्व चयनका हिसावले चासोपूर्ण बनेका महाधिवेशनमा केन्द्रिय समितिमा महिलाको प्रतिनिधित्व ३५ प्रतिशत सुनिश्चत गरेपछि थप चर्चामा छ । समानुपातिक प्रतिनिधित्व र महिला सहभागिताको मुद्धा मुलत माओवादीको एजेण्डा हो तर कार्यान्वयनमा उदाशिन देखिएको पार्टीले यसपटक यो आरोपबाट मुक्त रहला त ?

समानुपातिक प्रतिनिधित्व र महिला सहभागिताको मुद्धा आफ्नो पार्टीको एजेन्डा भएको दावी गर्ने माओवादी केन्द्र आफैले यो विषय कार्यन्वयन गर्न आनाकानी गर्दै आएको छ । शान्ति प्रक्रियामा आएको डेढ दशक वित्दा पनि पार्टीभित्र निर्णयाक तहमा महिलाको उपस्थिति न्यून छ । केन्द्रिय नेतृत्वमा पुरुषहरुको हालीमुहाली छ । यहि कुरालाई मध्यनजर गर्दै माओवादी केन्द्रले आठौं महाधिवेशनबाट केन्द्रिय समितिमा १५ प्रतिशत दलित, १० प्रतिशत मुस्लिम सहित केन्द्रिय समितिमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ ।

२ सय ९९ जना केन्द्रीय सदस्यमा महिलाको संख्या १ सय ५ हुनेछ भने त्यसमा दलित महिलाको संख्या १६ र १० जना मुस्लिम महिला हुनेछन् । केन्द्रीय सदस्यमा महिलाको संख्या अव अन्य पार्टीको भन्दा माओवादी केन्द्रमा २ प्रतिशतले बढी हुनेछ । यो विषय प्रभावकारी ढंगबाट कार्यन्वयन गरेरै छाड्ने विश्वास महाधिवेशन प्रतिनिधिहरुको छ ।

केन्द्रीय समितिमा महिलालाई संविधानले तोकेभन्दा बढी प्रतिशत सहभागिताको सुनिश्चित गरे पनि यो अपुग भएको महिला प्रतिनिधिहरु बताउँछन । पाटीभित्र नै निर्णायक तहमा महिलाहरुको उपस्थिति कमजोर रहेकाले यसको सुनिश्चितताका लागि केन्द्रिय पदाधिकारीदेखि नै ३५ प्रतिशत महिला अनिवार्य गर्नुपर्ने उनीहरुको माग छ ।

हाल संसदमा नेकपा माओवादी केन्द्रको सिट संख्या ४८ छ । प्रत्यक्ष ३ जना र समानुपातिकतर्फ १६ जना गरी ४८ जनामध्ये १९ जना महिला रहेका छन । यसको आधारमा माओवादी केन्द्रको तर्फबाट संसदमा महिलाहरुको सहभागिता करिब ४० प्रतिशत छ । यो संविधानले सुनिश्चित गरेको भन्दा झन्डै ७ प्रतिशत बढी हो । तर युद्धकालदेखि नै समानता र समावेशीताको नारा लिएको माओवादी केन्द्रले पार्टीगत संरचनामा भने महिलाहरुको उपस्थिति देखाउने दाँत मात्र बनाउँदै आएको छ । अर्था निर्णयक तहमा महिलाको उपस्थिति न्यून छ । ८ औं महधिवेशनले पार्टीमा महिलालाई नेतृत्वदायी भुमिका दिन सक्छ वा उहि नारामुखी मात्र बन्छ, त्यो भने महाधिवेशनकोे मैझारो भएपछि प्रष्ट हुने नै छ ।