खेलकुद

अंक दुरी बढाउँदै सिटी, दोश्रो स्थानको चेल्सीभन्दा आठ अंक माथि


काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले जित निकालेको छ । गएराति भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई १–० गोल अन्तरले हराएपछि सिटीले अंक दुरी पनि बढाउँदै लगेको छ ।

सिटीलाई जित दिलाउन फिल फोडेनले निर्णायक गोल गरे । उनले पहिलो हाफको १६ मिनेटमा गोल गर्दै सिटीको जितलाई सुनिश्चित गराए । सिटीले २० खेलबाट ५० अंक जोडेको छ । समान खेल खेलेको चेल्सीले भने हिजो राति नै भएको खेलमा ब्राइटनसँग एक एकको बराबरी खेलको छ । चेल्सीको बराबरीले सिटीले शीर्ष स्थानमा आठ अंकको अग्रता बनाउन सफल भएको छ । दोस्रो स्थानको चेल्सीको ४२ अंक रहेको छ ।