पत्रपत्रिका

रेडक्रसको पुरानो समिति विघटन : भागबण्डामा नयाँ कार्यसमिति


काठमाडौँ – सरकारले डाक्टर नेत्रप्रसाद तिमल्सीनाको अध्यक्षता रहेको कार्यसमिति भंग गर्दै भागबण्डामा नेपाल रेडक्रस सोसाइटीको नयाँ समिति बनाएको छ । सत्तारुढ गठबन्धनका दलबीच भागबण्डामा गठन भएको नयाँ समितिको सभापतिमा सुर्दशन नेपाल चयन भएका छन् । उनी गृहमन्त्री बालकृष्ण खाँडको गृहजिल्ला रुपन्देहीका नेपाली कांग्रेसको कोटाबाट रेडक्रसको सभापति भएका हुन् ।

महामन्त्री भूपतिलाल श्रेष्ठलाई तोकिएको छ । उनी नेकपा एकीकृत समाजवादीको तर्फ महामन्त्री भएका हुन्, श्रेष्ठ तेह्थुमका हुन् । कोषाध्यक्ष नेकपा माअ‍ोवादी केन्द्रको भागमा परेको छ । कृष्णगोपाल लागेजु कोषाध्यक्षमा मनोनित भएका छन् ।

उपाध्यक्ष नुवाकोटका विष्णु नेपाल र अर्घाखाँचीकी राधा नेपालीलाई बनाइएको छ । नेपाल कांग्रेस र नेपाली माओवादी कोटाबाट आएका हुन् । उप कोषाध्यक्ष भगवनी शर्मा तथा सदस्यहरुमा विनोद बस्नेत, मनोज थापा लगायत २९ सदस्यीय समिति बनाइएको छ । कार्यसमितिमा काँग्रेस, माअ‍ोवादी केन्द्र, नेकपा(एस), जनता समाजवादी पार्टीलाई भागशान्तिमा बाडिएको छ ।अन्नपूर्ण पोष्टबाट